Like us!
Follow us!
Connect us!
Watch us!

ओपो ए ७१ (२०१८) मितब्ययी मूल्यमा उत्कृष्ट उत्पादन, एआई प्रविधि र आकर्षक डिजाइन

शनिबार, १० चैत्र २०७४, १० : ३६ मा प्रकाशित

ओपो ए ७१ (२०१८) मितब्ययी मूल्यमा उत्कृष्ट उत्पादन, एआई प्रविधि र आकर्षक डिजाइन

अर्थ संसार, काठमाडौं – सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोशेसर उपलब्ध छ ।

फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको यो फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनी बडी डिजाइन अपनाइएको छ । मितब्ययी मूल्यमा उपलब्ध गरिएको ए७१ (२०१८) सुनौलो र कालो गरी दूई भिन्न रंगमा उपलब्ध गरिएको छ । मूल्य रु. १५ हजार ९ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत उपलब्ध छन् ।

ए७१ (२०१८)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हामीले ए सिरिज अन्तर्गत नयाँ मोडल, अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेका छौँ । नयाँ फोन मार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो । नयाँ फोन मार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

एआई ब्यूटी प्रविधि

ओपो ए७१ (२०१८)मा विशेष ओपोकै लागि निर्मित २ सय भन्दा बढी अनुहारका विशेषताको पहिचान गर्न सक्षम एआई ब्यूटी फञ्सन समाहित गरिएको छ । यसका कारण फोनले अनुहारको पहिचान र ब्यूटी रिटचिङको कार्य थप सटिकतापूर्ण तरिकाले गर्न सक्छ ।

साथै, ईमेज डाटाबेस र आफैँ सिक्ने क्षमताका कारण यो फञ्सनले विभिन्न छालाका किसिम, रंग, उमेर र लिंगको पहिचान गरी आवश्यकता अनुसार ब्यक्तिगत तवरमा तस्विर परिमार्जनमा सघाउँछ । फोनमै समाहित गरिएको यो फञ्सनका कारण अब प्रयोगकर्ताले तेस्रो पक्षबाट उपलब्ध हुने ब्यूटीफिकेशन ईफेक्ट लगायत आफ्नो फोनमा ईन्ष्टल गरी रहनु पर्दैन ।

सरल परिचालन, अनुभव र उत्कृष्ट प्रदर्शनी

नयाँ फोनले सहज परिचालनका लागि तिब्र गतिमा कार्य सम्पादन गर्नुका साथै उर्जा खपतमा समेत न्यूनिकरण ल्याउन सघाउँछ । १.८ जीएचजेडमा क्ल्क्ड गरिएका ६४ बिट प्रोशेसिंग कोर सहितको नविनतम स्न्यापड्र्यागन ४५० प्रोशेसर जडान गरिएको छ ।

यसले गर्दा फोनमा एकै पटकमा धेरै एप सञ्चालन गर्न सघाव पुग्नुका साथै एप विचमा स्विच गर्नपनि सहजता मिल्छ । एप खोल्ने कार्यमा फोनको औशत गति १२ दशमलव ५ प्रतिशत तिब्र ( नुमना परिक्षणमा ) रहेको  छ । फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यो ब्याट्री कम समयमा चार्ज हुनुका साथै एकै चार्ज मार्फत १ वा बढी दिन सम्म सहजै चलाउन सकिन्छ ।
 
क्यामेरा

नयाँ फोनमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने सोचका साथ १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसन सहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । त्यसैगरी, कम प्रकाश भएका स्थानमा समेत फोटोमा न्यवाइज न्यूनिकरण तथा स्पष्ट तस्विर खिच्नका लागि मल्टि–फ्रेम डिनोइजिंग प्रविधि सहित १३ मेगापिक्सेल क्षमता सहितको रियर क्यामेरापनि उपलब्ध गरिएको छ ।

कम्पनीले फोनमा अल्ट्रा एचडी फिचरपनि उपलब्ध गराएको छ । यसले मल्टिबस्र्ट फोटोलाई एउटै बनाएर १३ मेगापिक्सेल क्यामेराबाट खिचिएको फोटोलाई ३२ एमपीको एफेक्ट दिने क्षमता राख्छ ।

स्ट्रिमलाइन डिजाइन अवधारणा

डिजाइनको कुरा गर्दा ए७१ (२०१८)मा स्लिक यनिबडी डिजाइनमा  ५ दशमलव २ ईञ्चको एचडी स्क्रिन जडान गरिएको छ । यसले फोनलाई निकै आकर्षक र प्रिमियम लुक्स प्रदान गर्नुका साथै बोक्दा समेत आरामदायी अनुभव प्रदान गर्छ ।

कलर ओएस ३.२मा आधारित एण्ड्रोइड ७.१

२ जीबी र्याम र १६ जीबी रोम सहितको कलर ओएस ३.२ले नयाँ मोबाइल मार्फत तिब्र गतिमा ट्रान्सफर सुविधा, सुरक्षा फिचर्स र सटिक फञ्सनको नयाँ मज्जा उपलब्ध गराउँछ । साथै, फोनमा उपलब्ध स्प्लिट स्क्रिन फिचरले मल्टिटास्किङ, गेम एक्सिलिरेसन, नाइट सिल्ड लगायत सुविधापनि उपलब्ध छन् ।

 

5ab5db6e101df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको