Like us!
Follow us!
Connect us!
Watch us!

८ महिनामै भित्रियो २ खर्ब ३२ अर्ब रकम, रोजाईमा हाइड्रो र पर्यटन

मंगलबार, १३ चैत्र २०७४, ११ : १५ मा प्रकाशित

८ महिनामै भित्रियो २ खर्ब ३२ अर्ब रकम,  रोजाईमा हाइड्रो र पर्यटन

अर्थ संसार, काठमाडौँ – नेपालमा लगानी गर्न आउने विदेशीको पहिलो रोजाईमा ऊर्जा क्षेत्र र पर्यटन क्षेत्र परेको देखिएको छ ।

उद्योग विभागमा दर्ता भएको लगानीको मात्रालाई हेर्ने हो भने ऊर्जा सबैभन्दा ब९ िआर्कषणको क्षेत्रको रुमपा देखिएको छ ।उर्जा क्षेत्र बढी सम्भावना भएकाले पनि यो क्षेत्रमा लगानी बढेको हुनसक्ने विभागको बुझाई छ ।

उर्जापछि सबैभन्दा बढी लगानी उत्पादनमूलक उद्योग, त्यसमा पनि पर्यटन क्षेत्रमा बढी लगानीको चासो बढेको छ ।चालू आर्थिक बर्षको पहिलो ८ महिनामै रु २ खर्ब ३२ अर्ब लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार  कृषिमा  रु २ अर्ब ३१ करोड, निर्माणमा रु ४ अर्ब ११ लाख, उर्जामा रु  १ खर्ब ५० अर्ब, सूचना प्रविधिमा  रु  ५९ करोड, उत्पादनमूलक क्षेत्र, पर्यटनलगायतमा मा रु ५६ अर्ब ४८ करोड, खनिजमा रु २ अर्ब २२ करोड, सेवामूलक क्षेत्रमा रु ३ अर्ब ८९ करोड, नितान्त पर्यटन क्षेत्रमा रु १२ अर्ब ७४ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ ।आठ महिनामा ३ सय २ ओटा उद्योग दर्ता भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको