Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युत् कम्पनी सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक प्राविधिक विश्लेष्ण

विहीबार, १५ चैत्र २०७४, ०८ : ३८ मा प्रकाशित

चिलिमे जलविद्युत् कम्पनी  सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक प्राविधिक विश्लेष्ण

अघि बढ्यो त्रिशुली गल्छी, सिद्धकाली पावर र चिनियाँ कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर, १० अर्ब लगानी गर्ने (भिडियो र फोटोसहित)

प्रमुख गतिविधि 

कम्पनीले यही कात्तिक २४ गते आफ्नो २१औं साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सोही साधारणसभाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको छ ।

चिलिमे जलविद्युत् कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १४ चैत २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रोे त्रैमासमा खुद मुनाफा ४ प्रतिशत कम गरी ५२ करोड ४६ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा ५४ करोड ८१ लाख खुद मुनाफा गर्न कम्पनी सफल भएको छ ।

  • विद्युत् विक्रीबाट ६३ करोड २१ लाख रुपैयाँ आम्दानी गर्न कम्पनी सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३ प्रतिशत कम हो ।

  • कम्पनीले दोस्रोे त्रैमाससम्म ५१ करोड ६८ लाख सञ्चालन मुनाफा गर्न कम्पनी सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिमा ५४ करोड ६५ लाख सञ्चालन मुनाफा गर्न कम्पनी सफल भएको छ ।

  • कम्पनीको जगेडा कोषमा १ प्रतिशतको वृद्धि भएको छ । ३ अर्ब ९६ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४ अर्ब ५६ करोड रुपैयाँ हुनुले पनि कम्पनी वित्तीय रूपमा एकदम सबल रहेको देखाउँछ ।

  • दोस्रोे त्रैमाससम्म आइपुग्दा लगानीलाई ९ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गरेको लगानी ५ अर्ब ९१ करोड छ ।

  • दीर्घकालीन कर्जाको आकार गतवर्षको सोही अवधिभन्दा ३ प्रतिशत बढेरै १७ करोड ७३ लाख पुगेको छ ।

  • कुल चालू सम्पत्ति १४ प्रतिशत बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कुल चालू दायित्व २ प्रतिशत वृद्धि भएर ३९ करोड ४५ लाख रुपैयाँ भएको छ ।

  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ २१५ दशमलव २३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २२९ दशमलव ६५ छ ।

HCL

निष्कर्ष :
खुद नाफामा आएको कमी र पूँजी वृद्धिले कम्पनीले प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेको पाइँदैन । यद्यपि, हाल कुल २ सय ७० मेगावाट क्षमताका चार आयोजना निर्माणका क्रममा छ । केही समय अघिमात्र ५ सय ८५ मेगावाट क्षमताका दुई परियोजनाको अध्ययन अनुमतिपत्र पाएकाले कम्पनीले दीर्घकालीन रूपमा आकर्षक आम्दानी गर्न सक्ने र आफ्ना शेयरधनीलाई राम्रो प्रतिफल प्रदान गर्ने देखिन्छ ।

प्राविधिक विश्लेषण : चिलिमे जलविद्युत् घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : ७७९ । प्रतिरोध १ : ७४३ । हालको अन्तिम मूल्य : ७१० । टेवा १ : ६६२ । टेवा २ : ६३७

बजारको अवस्था
यस कम्पनीको २७ मार्च, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ७ सय १० मा छ । यो मूल्य अघिल्लो दिनको भन्दा ३० रुपैयाँ अर्थात् ४ दशमलव ४१ प्रतिशत बढी हो । त्यस दिनको परिमाण ६ हजार ६६ मा छ । यो अघिल्लो दिनको भन्दा ७ हजार १ सय ७९ कित्ता कम हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत ४ महीनादेखि बजारको माथिल्ला र तल्ला बिन्दु घटिरहेकोले बजारमा विक्रेताको चाप रहेको सङ्केत गरेको र बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ६ र २१ दिनको ईएमएहरू एकआपसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको सङ्केत गर्दछ ।

एडीएक्स : यसको प्रवृत्तिले १ महीनादेखि बजारमा विक्रेताको चाप रहेको सङ्केत गर्दछ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ३१ अङ्कमा छ । यसले शेयर बढी विक्री भएको सङ्केत गर्दछ । यसको प्रवृत्तिले बजार सकारात्मक भइहालेको सङ्केत गरेको देखिँदैन ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले त्यस दिन मूल्यमा अधिक उतारचढाव भएको र कारोबारको पछिल्लो समयतिर मूल्य बढेको देखिन्छ ।

निष्कर्ष 
अन्तिम कारोबार दिनमा मूल्य बढे पनि समग्रमा हेर्दा मूल्य बढ्दो प्रवृत्तिमा भइहालेको देखिएको छैन । त्यसैले, यस कम्पनीको शेयर खरीदमा जोखीम कम गर्न अन्य सूचकहरूको पनि सकारात्मक सङ्केत कुर्नुपर्ने देखिएकोले हाल ‘पर्ख र हेर’ रणनीति अपनाउनु उपयुक्त देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको