Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ - शंकर पोखरेल

अर्थ संसार

बुधबार, १३ साउन २०८३, ११ : १४ मा प्रकाशित

सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ -  शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। सुनसरी घटना विषयमा छलफल गर्न सिंहदरबारमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको उक्त बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ’ उनले भने, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्नसक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ।’

गत आइतबार मध्यराति सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई समुदायबिच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर कप्तानगन्ज बस्ने ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता सो क्षेत्र तनावग्रस्त बनेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको