सुनसरीको देवानगञ्जमा श्रावण १० गते भएको हिंसात्मक घटनाप्रति नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गोली लागेर एक हिन्दू युवाको निधन भएको र अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति दुः ख व्यक्त गर्दै इस्कोन नेपालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अध्यक्ष प्रदीप भण्डारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ। साथै, हिन्दू धर्मावलम्बी र संस्थामाथिका आक्रमणले सामाजिक सद्भावमा असर पुर्याउने उल्लेख गर्दै संस्थाले सबै पक्षलाई संयम अपनाउन र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस