गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५० अर्ब भन्दा माथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले गरेको व्यवसायको तथ्यांक अनुसार ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै व्यवसाय गर्न सफल इन्स्योरेन्स कम्पनीमा शिखर इन्स्योरेनस रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएको छ । यो कम्पनीले ३ लाख ३६ हजार २ वटा बीमालेख जारी गरेर उक्त रकमक बराबरको व्यवसाय गर्न सफल भएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले एक वर्षको अवधिमा २ लाख ६९ हजार ९९८ बीमालेख मार्फत ५ अर्ब ४२ करोडको बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यो अवधिसम्माम ५ अर्ब ३७ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ । यो कम्पनीले ३ ला ५५ हजार ५०८ वटा बीमालेख मार्फत उक्त रकमको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै गत आर्थिक वर्षमा नेपाल इन्स्योरेन्स कम्पनीले २ अर्ब २१ करोड रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले १ लाख ९६ हजार ४९० बीमालेख मार्फत उक्त व्यवसाय गरेको हो ।
त्यस्तै यो अवधिमा दि ओरियन्टल इन्स्योरेन्सले ४८ हजार ९४६ वटा बीमालेख मार्फत ३ अर्ब २५ करोडको व्यवसाय गरेको छ । यो अवधिमा राष्ट्रिय बीमा कम्पनीले ३१ हजार ६८७ बीमालेख मार्फत १ अर्ब ५८ करोड, नेशनल इन्स्योरेन्सले २६ हजार ९४२ बीमालेख मार्फत १ अर्ब २९ करोड, नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८२ बीमालेख मार्फत ३ अर्ब ६५ करोड र प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ बीमालेख मार्फत २ अर्ब २ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै गत आर्थिक वर्षमा एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा २ लाख २३ हजार ९११ बीमालेख मार्फत उक्त रकमको व्यवसाय गरेको हो । त्यस्तै सानिमा जिआईसीले यो अवधिमा १ लाख २८ हजार २०३ बीमालेख मार्फत ३ अर्ब ८ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६७९ बीमालेख मार्फत ४ अर्ब ३१ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ लाख ३७ हजार ७०८ बीमालेख मार्फत ४ अर्ब ५५ कराड र युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख १९ हजार ५२६ बीमालेख मार्फत ३ अर्ब ११ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस