Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महनागरका ७ ठाँउमा निशुल्क वाइफाई राख्ने

सोमबार, १९ चैत्र २०७४, ११ : ५७ मा प्रकाशित

काठमाडौँ महनागरका ७ ठाँउमा निशुल्क वाइफाई राख्ने

अर्थ संसार, काठमाडौं– आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।

कामपामा आज यहाँ आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन् ।

राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन् । करारपत्रमा भनिएको छ, हस्ताक्षर भएको मितिले ६० दिनभित्र उक्त सुविधा सञ्चालन भइसक्नुपर्नेछ । यसको अवधि पाँच वर्षको हुनेछ ।

प्रयोगकर्ताको आवश्यकता हेरी इन्टरनेटको क्षमता वृद्धि गर्नुपर्ने पनि हस्ताक्षरपत्रमा भनिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा राखे पनि अबको केही समयमा कामपाका अन्य स्थानमा पनि इन्टरनेट राख्ने तयारी रहेको जानकारी गराउनुभयो ।

 त्यसैगरी, कामपाका प्रशासकीय अधिकृत धनिराम शर्माले करारबमोजिम तोकिएकै समयमा वल्र्डलिङ्कले काम गर्ने कामपाले विश्वास लिएको बताउनुभयो ।

वल्र्डलिङ्का निर्देशक विजयकुमार जालानले शर्तअनुसार तोकिएकै समयमा काम गर्ने विश्वास दिँदै गुणस्तरीय सेवा दिन आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

लामो समयदेखि राख्ने तयारी रहेपनि आन्तरिक छलफल भइरहेकाले उक्त काम हुन सकेको थिएन । यसअघि कामपाले नागरिकलाई रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

के यस्तो अवस्थामा सेयर बजार बढ्न सम्भब छ त ?

हेरौं, सान्जेनको आइपिओ कसलाई कति पर्यो ? ( नतिजासहित)

रसुवागढीको आइपिओ बाँडफाँड (नतिजासहित) 

वैशाख २ देखि आर्थिक गणना हुँदै, तीन हजार ५०० जनशक्ति परिचालन गरिने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको