Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेको निराशाजनक लाभांश, १० प्रतिशत बोनस, १० प्रतिशत नगद

विहीबार, ३० मंसिर २०७३, १३ : ०५ मा प्रकाशित

चिलिमेको निराशाजनक लाभांश, १० प्रतिशत बोनस, १० प्रतिशत नगद

अर्थ संसार
काठमाडौं–कुनै समय ब्लुचिप सेयर भएको कम्पनीका रुपमा चिनिएको चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई निराशाजनक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।

एक समय ३ हजार रुपैयाँको हाराहारीमा पुगेको चिलिमेको सेयर मूल्य अहिले घटेर १ हजार रुपैयाँभन्दा तल झरेको छ । लाभांश घोषणा गरेपछि निरास भएका सेयरधनीले बिक्री चाप बढाउँदा सेयर मूल्य १९ रुपैयाँ घटिसकेको छ ।

कम्पनीको संचालक समितिको बैठकले १० प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांस  दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश आउदो वार्षिक साधारणसभामा प्रस्तुत गरिने छ ।
उक्त लाभांश कम्पनीले अहिलेसम्म घोषणा गरेको मध्ये सबैभन्दा थोरै हो । कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी तीन अर्ब १३ करोड रुपैयाँ छ।

यो पनि पढ्नुहोस्

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको