Like us!
Follow us!
Connect us!
Watch us!

आफ्ना उपभोक्ताका लागि ‘यू एण्ड आई’ क्याम्पेन सार्वजनिक गर्दै ओपो, सार्वजनिक समारोहमा आफ्ना लोकप्रिय स्टार भेट्ने सुनौलो अवसर

विहीबार, २९ चैत्र २०७४, ०८ : २९ मा प्रकाशित

आफ्ना उपभोक्ताका लागि ‘यू एण्ड आई’ क्याम्पेन सार्वजनिक गर्दै ओपो, सार्वजनिक समारोहमा आफ्ना लोकप्रिय स्टार भेट्ने सुनौलो अवसर

अर्थ संसार, काठमाडौं - सेल्फी एक्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा चाँडै नै आपो एफसेवेन सार्वजनिक गर्दैछ ।

सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि समाहित गरिएको ओपो एफसेवेन नयाँ सदस्यका रुपमा कम्पनीले सार्वजनिक गर्न लागेको हो ।

नयाँ सेल्फी एक्स्पर्टको सार्वजनिकका लागि आयोजित हुने बृहत समारोहलाई अझ रोचक बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ ।

ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले ‘यू एण्ड आई’ क्याम्पेन ल्याउने तयारी गरेको छ । 

ओपो एफसेवेन क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको ‘यू एण्ड आई’ मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखेको छ ।

यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफसेवेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको बृहत सार्वजनिक समारोहमा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज, ईन्स्टाग्राम र ट्विटर मार्फत गर्ने जानकारी दिएको छ ।

‘यू एण्ड आई’ क्यामपेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ । योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै तिनका प्यारा स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको छ ।
 
‘नेपाल प्रवेशको छोटो अवधिमै एक स्थापित स्मार्टफोन ब्राण्डका रुपमा लोकप्रियताको शिखरमा पुग्न सघाउने समस्त नेपाली यूवा प्रति हामी कृतज्ञ छौँ । हामी तिनलाई धन्यवाद ज्ञापन गर्ने कुनैपनि अवसर गुमाउन चाहान्नौँ ।

तिनको अपार मायाँ, साथ र सहयोगका लागि कृतज्ञता स्वरुप हामी ‘यू एण्ड आई’ क्याम्पेन ल्याउँदै छौँ ।’, ‘यू एण्ड आई’ क्याम्पेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हाम्रा पछिल्ला क्याम्पेनमा झैँ यस पटक पनि उल्लेख्य मात्रामा सहभागिता जनाई हामीलाई हौशला दिनु हुन्छ भन्ने हामीले आशा लिएका छौँ

। नयाँ बर्षसंगै हामी क्याम्पेनको थालनी गर्न गइरहेका छौँ । क्याम्पेनमा सहभागिताका लागि हाम्रो आधिकारिक सामाजिक सञ्जालमा प्रेशित जानकारी फलो गर्दै गर्नु होला ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको