अर्थ संसार
काठमाडौं– आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । तर पछिल्लो समयमा आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आएको छ । चिकित्सकहरुका अनुसार आमाको बिगौती दूध शिशुका लागि पहिलो खोप हो । विभिन्न अध्ययन अनुसार स्तनपानका फाइदाहरु छन् :
१. बच्चालाई बिभिन्न रोगबाट बचाउछ ।
२. बच्चाको शारीरिक र मानसिक बिकास राम्ररी हुन्छ ।
३. आमालाई स्तन क्यान्सर हुनबाट बचाउँछ ।
४. बच्चा जन्माउन स्तनपान गराउँदा पाठेघर सामान्य अवस्थामा फर्कन मद्धत गर्छ ।
५. आमाको दूधले बच्चाको दिमागको पूर्ण विकास हुन्छ ।
६. आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ ।
७. आमाको अनावश्यक तौल हुनबाट रोक्दछ ।
८. प्रसूती अवस्थामा भएको रक्तश्राव कम हुन्छ ।
९. बच्चालाई झाडापखालाबाट बचाउँछ ।
१०. बच्चाको आन्द्राको बिकास गर्न सहयोग गर्छ ।
११. आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे«ट, प्राटिन र चिल्लो पदार्थ पाइन्छ ।
१२. आमा र बच्चा दुबैलाई निन्द्रा लगाउँछ ।
१३. बच्चाको मृत्युदर कम हुन्छ ।
१४. बच्चाको दात र गिजाको पनि विकास गर्न मदत गर्दछ ।
१५. बच्चाको दात बलियो हुन्छ ।
१६. बच्चामा बोली छिटो आँउछ ।
१७. बच्चामा छाला रोगको संभावना कम हुन्छ ।
१८. आमाको महिनावारी गडबढ हुनबाट रोक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस