Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सेमी अनलाइनको सकारात्मक प्रभाव

मंगलबार, ०४ बैशाख २०७५, १२ : ३७ मा प्रकाशित

सेयर बजारमा सेमी अनलाइनको सकारात्मक प्रभाव

अर्थ संसार, काठमाडौं– सेयर बजारका लगानीकर्ताले नयाँ वर्षको सुरुवातसंगै इन्टरनेटमार्फत् सेयर खरिद बिक्री आदेश दिन सक्ने सुविधा उपभोग गरेको सकारात्मक सेयर असर बजारमा देखिएको छ ।

सेमी – अनलाइनमार्फत् कारोवार सुरु भएसँगै आइतबार, सोमबार, मंगलबार  बजार सुधार गर्न मद्दत पुगेको देखिएको छ  ।

आइतबार २.६ अंकले बढेको बजारमा ३० करोडको कारोबार भएको थियो । भने सोमबार १७.४२ नेप्से बढ्दा ५७ करोडको कारोबार भएको थियो । मंगलबार ३.६१ अंकले बढ्दा सेयर बजारमा ९५ करोड ४० लाख ६ हजार ५०४ रुपैयाँको कारोबार भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आवश्यक व्यवस्था मिलाइएकाले नयाँ बर्षको सुरुवातसँगै लगानीकर्ताले सेमि– अनलाइन कारोवार सुरु गरेका हुन् ।

ब्रोकर ब्याक अफिस सफ्टवेयरमा भएको सुधारका कारण अबदेखि लगानीकर्ताले इन्टरनेटबाटै खरिद बिक्री आदेश दिन सकिने सुविधा उपलब्ध भएको हो ।

धितोपत्र बोर्डल आइतबार नै सेमि अनलाइन  कारोबार सुभारम्भ गरेको जनाइएको छ । जसबाट आगामी दिनमा लगानीकर्ताले सेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यता अन्य हुने विश्वास लिइएको छ ।

कतिपय लगानीकर्तले भने व्यावहारिक रुपमा टेलिफोनका भरमा नै सेयर दलाल कम्पनीहरुको आफुहरुको सेयर खरिद बिक्री गदैं आएको र सोहि दिन वा भोलीपल्ट कागजात मिलाउदैं आएकोमा नयाँ व्यवस्थाले खासै फरक नपर्ने तर्क दिन्छन् ।

र्बोडले नयाँ ब्रोकर लाइसेन्स थप्ने, नेपाल राष्ट्र बैङ्कले मार्जिन लेन्डिङको सीमा बढाउने र ब्याजदरमा कमी ल्याउने तर्फ पहल भए मात्र बजार बढ्ने भन्दै कतिपय लगानीकर्ताले बोर्डको सेमी अनलाइन कारोवारको सुरुवातले बजारमा खासैठूलो परिवर्तन नआउने विचार व्यक्त गरेका छन् ।

बोर्डको निर्देशनमा भएको नयाँ व्यवस्था अनुसार अब लगानीकर्ताले इमेल, एसमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिने व्यवस्था सफ्टवेयरमा मिलाइएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको