Like us!
Follow us!
Connect us!
Watch us!

नर्सिङ डाइरेक्टर तथा मोडल सिर्जना महत सम्मानित

शनिबार, ०८ बैशाख २०७५, १६ : ३९ मा प्रकाशित

नर्सिङ  डाइरेक्टर तथा मोडल सिर्जना महत सम्मानित

 अर्थ संसार, काठमाडौँ –“नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा सुरु गरिएको भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को समापनको दिन बैसाख ५ गते सहिद मेमोरियल हस्पिटलको नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी  सिर्जना महत सम्मानित भएकी छिन ।   उक्त महोत्सब भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भएको थियो  ।

स्वास्थ्य तथा सामाजिक कार्यमा देश तथा सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै नर्सिङ डाइरेक्टर सिर्जना महतलाइ सम्मानित गरिएको थियो  ।  प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर बासुदेब थापा तथा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महतले उनलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका थिए। 

नर्सिङ डाइरेक्टर सिर्जना महत,  नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी मात्र नभएर एक मोडलको रुपमा पनि चर्चित छिन । सुपर प्लस साइज मोडल २०१८ को सेकेण्ड रनर भए संगै उनि चर्चामा आएकी हुन । आफ्नो पेशा संगै संगै स्वास्थ्य शिक्षा तथा सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकालाई उच्च मुल्यांकन गर्दै चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा उनलाई बिसेष सम्मान प्रदान गरिएको थियो। 

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ आय/जना गरिएको थियो । 

भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन  मेलाको आयोजना गरिएको थियो। 

5adb1a5e5a28b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको