Like us!
Follow us!
Connect us!
Watch us!

करेन्ट साङ्गीतक यात्रा वनेपामा (फोटोफिचर)

सोमबार, १० बैशाख २०७५, १७ : ५६ मा प्रकाशित

करेन्ट साङ्गीतक यात्रा वनेपामा (फोटोफिचर)

अर्थ संसार, वनेपा– करेन्ट साङ्गीतक यात्रा वनेपामा सम्पन्न भएको छ । आइतवार काभ्रेको वनेपामा आधा दर्जन भन्दा बढी गायक गायिकाको साङ्गीतक प्रस्तुतिसँगै सम्पन्न भएको हो ।

देशव्यपी रहेको करेन्ट साङ्गीतक यात्रा आइतवार वनेपा पुगेको हो । जहाँ गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी, डेभिड शंकर, डम्बर नेपाली, सारिका घिमिरे, सिमान्त सन्तोष, टिका प्रसाईं, धुव्र विश्को र हास्य कलाकार माहदेव त्रिपाठीलगायतकाले प्रस्तुति दिएका थिए ।

वनेपा वसपार्कमा भएको कार्यक्रममा स्थानीय बासिको बाक्लो उस्थितिमा गायक गायिकाले भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए दर्शक/स्रोताहरुलाई ।

मनिसा थापा, इमा थापालगायतले नृत्य प्रस्तुत गरेको उक्त साङ्गीतक कार्यक्रममा उपस्थित दर्शकलाई गिफ्ट ह्यापर पनि प्रदान गरिएको थियो । करेन्ट चाउचाउले आयोजना गरेको करेन्ट साङ्गीतक यात्रा देशका विभिन्न ठाउँहरुमा गर्न लागेको यसका ब्रान्ड एम्बेसडर श्रीकृष्ण लुइटेलले जानकारी गराए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको