Like us!
Follow us!
Connect us!
Watch us!
बजारमा भने महंगी उस्तै

राष्ट्र बैंक भन्छः घ्यू, तेल, दलहन र गेडागुडीको भाउ घट्यो

शुक्रबार, ०१ पुस २०७३, १५ : १८ मा प्रकाशित

राष्ट्र बैंक भन्छः घ्यू, तेल, दलहन र गेडागुडीको भाउ घट्यो

अर्थ संसार 

काठमाडौं–नेपाला राष्ट्र बैंकले कात्तिक महिनामा मुद्रा स्फिर्ति दर निकै घटेको तथ्यांक सार्बजनिक गरेको छ । उपभोक्ताले चर्को मूल्य बृद्धि खेप्नु परिरहेका बेला केन्द्रीय बैंकले भने कात्तिकमा मूल्यचालु आर्थिक बर्षको पहिलो चार महिनामा मुद्रास्फीति ४.८ प्रतिशतमा ओर्लेको जनाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदन सार्बजनिक गर्दै उक्त कुरा बताएको हो । 

राष्ट्र बैंकका अनुसार असोज महिनामा मुद्रास्फीति ६.७ प्रतिशत थियो । मुद्रास्फीतिले मूद्राको मूल्यलाई जनाउँछ । मूद्राको अबमूल्यन भए उपभोग्य बस्तु तथा सेवाको मूल्य बढ्छ । यस्तो मुद्रास्फीति २०७३ असार र २०७२ कात्तिकमा १०.४ प्रतिशत थियो । 

यस अवधिमा खाद्य पदार्थमा मुद्रास्फीति अझ थोरै २.६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १२.१ प्रतिशत थियो । यस समूहअन्तर्गतको घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको राष्ट्र बैंकको दावी छ । उसले दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य तथा खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछालगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको बताएको छ । यसैले गर्दा अघिल्लो वर्षको तुलनामा खाद्य मुद्रास्फीति कम रहेको राष्ट्र बैंकको दावी छ । 

गैर खाद्यमा पनि घट्यो

राष्ट्र बैंकले गरेको आर्थिक बर्षको पहिलो चार महिने समीक्षामा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको बताइएको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.२ प्रतिशत थियो । यस समूहअन्तर्गत यातायात र संचारको मुद्रास्फीति घटेको तथा लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवालगायतका वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको राष्ट्र बैंकको दावी छ । फलस्वरुप गैरखाद्य मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहन गएको उसको भनाइ छ  ।

पहाडमा बढी मुुद्रास्फीति

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.२ प्रतिशत, तराईमा ५.१ प्रतिशत, हिमालमा ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११.४ प्रतिशत, तराईमा ९.१ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र काठमाडौं उपत्यकामा ११.८ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको