Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा भन्दा मुद्रास्फीति नेपालमा बढी

शुक्रबार, ०१ पुस २०७३, १५ : ४६ मा प्रकाशित

भारतमा भन्दा मुद्रास्फीति नेपालमा बढी

अर्थ संसार
काठमाडौं–महंगी भारतमा भन्दा नेपालमा बढेको छ । अघिल्लो बर्षको तुलनामा महंगी बृद्धि दर भने साँघुरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्बजनिक गरेको चालु आर्थिक बर्षको पहिलो ४ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०७३ कात्तिकमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६ प्रतिशत रहेको छ । नेपालको मुद्रास्फीति भने ४.८ प्रतिशत छ । यस अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.२ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १०.४ प्रतिशत र ५.४ प्रतिशत थियो । यसरी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ५ प्रतिशत थियो । नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर क्रमिक रुपमा घट्दै गएको राष्ट्र बैंकको दावी छ । नेपालमा तरकारी, मदिराजन्य पदार्थलगायतका वस्तुहरुको मूल्य वृद्धि तुलनात्मक रुपले उच्च रहेकोले नेपालको मुद्रास्फीति भारतको भन्दा केही उच्च रहेको हो ।

यस अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ४.१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.१ प्रतिशत थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको थोक मुद्रास्फीति ६.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको ४.७ प्रतिशतले वृद्धि भएको छ । आयातीत वस्तुहरूको भने १.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको थोक मुद्रास्फीति ११.९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको ७.२ प्रतिशतले वृद्धि भएको थियो । त्यस अबधिमा आयातीत वस्तुहरूको ३.४ प्रतिशतले घटेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको