Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कारोबार विद्युतीय प्रणालीबाट, हट्ने भयो झन्झट

बुधबार, १२ बैशाख २०७५, १४ : ३९ मा प्रकाशित

सरकारी कारोबार विद्युतीय प्रणालीबाट, हट्ने भयो झन्झट

अर्थसंसार, काठमाडौँ– सबै किसिमका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको औपचारिक शुरुवात भएको छ ।

भुक्तानीतर्फ २६ जिल्लामा सो प्रणालीको थालनी भईसकेको प्रणाली बुधबार राजस्व संकलनतर्फ करदाता सेवा केन्द्र ठमेलबाट सुरु  गरिएको हो।

’राम्रो कामको शुभारम्भ भएको छ। करदाताले कति सहज रूपमा प्रयोग गर्छन् त्यसमा बिचार पुर्याउनु पर्छ,’ अर्थमन्त्री डा. खतिवडाले भने, ’केही अप्ठ्यारो छ भने सरल बनाउनु पर्छ। छिट्टै सबै राजस्व तिर्न सकिने बनाउछौ ’ अर्थमनत्री डा युवराज खतिवडाले भन्नुभयो ।

उहाँले  यसका लागि छुट्टै कानुन बनाउनु पर्ने बताउँदै अहिले पनि इलेक्ट्रोनिक सिग्नेचर प्रमाणीकरणमा समस्या रहेको बताउनुभयो ।

’विद्युतीय माध्यमबाट ठेक्का लगाउँदा भौतिक मन्त्रालयको खर्च एक तिहाइ घटेको छ,’ उनले भने, ’राजस्व तिर्न जाँदा सहज भएन भन्ने समस्या अब रहने छैन ’ अर्थमनत्री डा खतिवडाको भनाइ छ ।

उहाँले राजश्व बुझाउन दिउँसो भ्याइएन भने पनि राति फुर्सदमा तिर्न मिल्ने बताउँदै प्रविधिमा आधारित भएकाले केही जोखिम हुनसक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्दै जाने उल्लेख गरे ।

राजश्व सचिव शिशिर ढुङ्गानाले राजस्व प्रशासनका लागि यो एउटा महत्वपूर्ण प्रस्थान  भएको बताउनुभयो । उहाँले २०७५ सालभित्र देशभरका सम्पूर्ण कार्यालयमा अनलाइन पेमेन्ट सिस्टम विस्तार गरिसक्ने बताउनुभयो ।  उहाँले तत्काललाई १ लाखभन्दा कम मात्रै बुझाउन सकिने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको