Like us!
Follow us!
Connect us!
Watch us!

स्तन क्यान्सर पत्ता लगाउने ब्रा

आइतबार, १६ बैशाख २०७५, ०८ : २४ मा प्रकाशित

स्तन क्यान्सर पत्ता लगाउने ब्रा

अर्थ संसार, काठमाडौं– ‘इवा ब्रा’ नामक ब्राले स्तन क्यान्सर भए–नभएको पहिल्याउन सकिने भएको छ ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चाण्टूले यो ब्रा तयार पारेका हुन् । उनका अनुसार यो ब्रा स्तन क्यान्सरको लक्षणको बारेमा सूचना दिने गर्छ । तर, यसको पूरै परीक्षण हुन भने बाँकी रहेको बताइएको छ । मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको छैन ।

क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा ब्राको बायो सेन्सर तापमान मापन गर्छ ।

यो ब्रालाई यो एउटा एपमा जोडिएको हुन्छ । यसमा जे परिवर्तन आउँछ, त्यसको बारेमा अग्रिम जानकारी इवा ब्रा लगाएको व्यक्तिलाई मिल्नेछ । एक हप्तामा यो ब्रालाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्नेछ ।

जुलियनका अनुसार ब्राको भित्रीभागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिको बारेमा मापन गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको