Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली पर्यटनमा धार्नी पुगोस् !

बुधबार, १९ बैशाख २०७५, ०५ : ५७ मा प्रकाशित

नेपाली पर्यटनमा धार्नी पुगोस् !

केही महिनाअघि नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले निकालेको तथ्यांकअनुसार सन् २०१७ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ९ लाख ४० हजार २ सय १८ जना रहेका थियो । 

 माथिको तथ्यांकअनुसार नै विदेशी पर्यटक बढेमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संस्ख्या सन् २०२० मा १५ लाख पुग्ला त ? किनभने, सन् १९९८ को ‘नेपाल भ्रमण वर्ष–१९९८’ पनि ५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएर नेपाल भ्रमण वर्ष मनाइएको थियो । तापनि सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गरेका थिए ।

वास्तवमा नेपालमा सडक यातायात र हवाई यातायात लगायतका पूर्वाधार विकासका क्षेत्रमा अपेक्षित प्रगति नभएसम्म सायदै अपेक्षा गरे अनुरुप विदेशी पर्यटक भित्रिएलान् ? पूर्वाधारका यी क्षेत्रहरुमा अपेक्षित प्रगति भएको भए नेपालमा धेरै वर्षअघि नै वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउन कुनै आइतबार पर्खनुपर्ने थिएन ।

त्यस्तै संख्याकै कुरो गर्दा सन् २०११ मा पनि १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यसहित ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाएको भए तापनि उक्त वर्ष त झनै कम (लगभग २८ प्रतिशत) अर्थात् ७ लाख ३६ हजार २ सय १५ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए ।

यसरी सन् २०११ मै १० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने उदेश्यसहित ‘नेपाल भ्रमण वर्ष २०११’ मनाइएको उदाहरण यहाँ किन दिइएको हो भने, सन् २०२० मा फेरि पनि १५ लाख विदेशी पर्यटक भित्र्याउने उदेश्यसहित दोस्रो पटक ‘नेपाल भ्रमण वर्ष’ मनाइने घोषणा भैसकेको छ । सो लक्ष्यअनुसार सन् २०२० मा १५ लाख विदेशी पर्यटक नेपालमा भित्र्याउन सकिएला त ? प्रश्न गम्भीर छ ।  

वास्तवमा नेपालमा सडक यातायात र हवाई यातायात लगायतका पूर्वाधार विकासका क्षेत्रमा अपेक्षित प्रगति नभएसम्म सायदै अपेक्षा गरे अनुरुप विदेशी पर्यटक भित्रिएलान् ? पूर्वाधारका यी क्षेत्रहरुमा अपेक्षित प्रगति भएको भए नेपालमा धेरै वर्षअघि नै वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउन कुनै आइतबार पर्खनुपर्ने थिएन ।

कुरो नचपाई भन्ने हो भने, अझै पनि हामीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र अन्तर्राष्ट्रिय हवाईजहाज सेवा सञ्चालनमा यथेस्ट रुपमा ध्यान दिन सकेनौं भने, केही समयअघि नेपाल सरकारले सन् २०२० मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने जुन घोषणा गरेको छ, त्यसमा पनि तुषारापात नहोला भन्न सकिन्न ।

उता यही सेरोफेरोमा निजी क्षेत्रको पर्यटन व्यवसायीहरुको संस्थाहरु टान, पाटा, नाट्टा लगायतका संस्थाहरुले पनि सन् २०३० मा ५० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने महात्वाकांक्षी योजना सार्वजनिक गरीसकेका छन् । यसमा राजनैतिक दलका केही नेताहरुले पनि ‘हाँ मा हाँ’ मिलाएका छन् । तर, हचुवामा घोषणा गरेकै भरमा नेपालमा सन् २०३० सम्मा ५० लाख विदेशी पर्यटक भित्रेलान् भनी कसर भिन्न सकिन्छ । किनभने दिगो र ढुक्क हुने कुनै आधार छैन ।

त्यसो त २०७२ को संविधान जारी भएपछि नेपालमा सम्पन्न भएको तीनवटै निर्वाचन (स्थानीय, प्रदेशसभा र केन्द्रको) निर्वाचनपछि अन्य क्षेत्रमा जस्तै पर्यटन उद्योगमा पनि स्थाईत्व आउला, लगानी बढ्ला भन्ने आशा गरिएको छ ।

साथै सन् २०२० मा सहजै १५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरुन् भन्ने पनि आशा गरौं, अनि त्यही अनुसार तयारी पनि सुरु गरौं ।

हुन पनि पछिल्लो केही वर्षदेखि नेपालको होटल उद्योगमा त लगानीको ओइरै लागेको छ ! भन्न सकिन्छ । उता २०७४ मा सकिएको तीनै तहको निर्वाचनमा पर्यटन उद्योग सम्बन्धमा नेपाली कांग्रेस, बाम गठबन्धन लगायत ठूला भनिएका राजनैतिक दलहरु मध्ये केही दलले आगामी १० वर्षमा ३० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, केही दलले ५० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने ! भनी आ–आप्mनो घोषणापत्रमा उल्लेख पनि गरेका छन् ।

तर, हाम्रो देशको राजनैतिक दल र तिनका नेताहरुको भाषण गराई र काम गराईमा कति फरक छ ? हामी नेपालीहरुलाई थाहा नभएको कहाँ हो र ?
जे होस्, गएको तीनैवटा निर्वाचनमा नेपालका विभिन्न राजनैतिक दलहरुले जसरी विदेशी पर्यटक नेपाल भित्र्याउने वाचा गरेका छन्, घोषणापत्रमा उल्लेख गरेका छन् ती फगत र वाहादारी गफमा परिणत नहोस् भनी आशा गरौं ।

साथै सन् २०२० मा सहजै १५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरुन् भन्ने पनि आशा गरौं, अनि त्यही अनुसार तयारी पनि सुरु गरौं ।

 र, नेपालले धेरै अघिदेखि संख्या तोकेर (सन् १९९८ मा ५ लाख, सन् २०११ मा १० लाख) त्यतिबेला भनेजति विदेशी पर्यटक नआएको भए तापनि आगामी सन् २०२० मा भने त्यस्तो नहोस्, हाम्रो लक्ष्य पूरा होस्, १५ लाख भन्दा केही बढी नै संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरुन् । अर्थात् धेरैपछि नेपाली पर्यटनमा धार्नी पुगोस् ! हामी सबैको जय होस् !!

[email protected]

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको