Like us!
Follow us!
Connect us!
Watch us!

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

आइतबार, ०३ पुस २०७३, १३ : ०८ मा प्रकाशित

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

 अर्थ संसार
काठमाडौं–इजरायली सहयोग संस्था इजराएड र कृषि तथा वन विश्वविद्यालय रामपुरबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न दुइपक्षीय सम्झौता भएको छ ।इजराएडका प्रमुख बेन दगानी र विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र मौरी विज्ञ प्रा. डा. खेमराज न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

नेपालका स्थानीय जातका मौरीहरु एपिस सेरेना र खिलरहित पुत्का मौरीबारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित गर्ने उक्त सम्झौताको उद्देश्य रहेको छ । उक्त कार्यक्रमको सफलतापछि गाँउघरमै प्रशस्तै रोजगारीका अवसरहरु सृजना हुने सम्झौतापछि जारी विज्ञप्तिमा छ ।

स्थानीय जातको मौरी पालन बढ्दै जाँदा जैविक विबिधताको संरक्षण एंव वातावरणीय शुद्धता कायम रहनेछ । विश्वविद्यालयमा मौरी पालन सम्बन्धित तीन ओटा विषयहरुको अध्ययन सुरु भएको छ । उक्त कार्यक्रममा इजारायली राजदुत यान मायर, समाजकल्याण परिषदका मदस्य सचिव दिल्ली भट्टलगायतको उपस्थिति थियो ।
 

यो पनि पढ्नुहोस्

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको