Like us!
Follow us!
Connect us!
Watch us!

चार लाख नयाँ विद्यार्थीले गरे भर्ना, अझै एक लाख विदालय बाहिर

बुधबार, १९ बैशाख २०७५, ११ : ०९ मा प्रकाशित

चार लाख नयाँ विद्यार्थीले गरे भर्ना, अझै एक लाख विदालय बाहिर

अर्थ संसार, काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

सो अभियानमा चार लाख नयाँ विद्यार्थीले भर्नाए गरेका छन् भने अझै एक लाख विद्यार्थी बाहिर रहेको पाइएको छ ।

पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो ।

दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराउनुभयो ।

पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए ।

प्रधानमन्त्री ओलीले मुगुमा ठिन्लेका साँवु लामालाई विद्यालय भर्ना गरी अभियान सञ्चालन गर्नुभएको थियो ।

प्रवक्ता अर्यालले पहिलो चरणमा चार लाख ३९ हजार ३२३ जना विद्यार्थी गरिएको जानकारी गराउनुभयो ।

सहसचिवसमेत रहनुभएका अर्यालका अनुसार दोस्रो चरणका लागि भर्ना गराउन अभियान सञ्चालन गर्न सबै विद्यार्थीलाई विद्यालयले गाउँ टोलमा गई पहिलो चरणमा छुटेका विद्यार्थीलाई भर्ना गराउन जानेछन् । प्राथमिक तहसम्म २.८ प्रतिशत र आधारभूत तहसम्म ७.७ प्रतिशत विद्यार्थी विद्यालयबाहिर रहेका छन् ।

प्रवक्ता अर्यालले वैशाखम सान्तसम्म हुने भर्ना अभियानमा करीब ६ लाख विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको बताउनुभयो ।

मन्त्रालयले यसपटक सबै बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि पाठ्यपुस्तकसहित ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ भर्ना अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयले विपन्न गरीब, दलित, लोपोन्मुख, पिछडिएका बालबालिकालाई भने पोशाकसहित पाठ्यपुस्तकसमेत उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको