Like us!
Follow us!
Connect us!
Watch us!

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

आइतबार, २३ बैशाख २०७५, १३ : ५८ मा प्रकाशित

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

अर्थ संसार, लोम्पोक संयुक्त राज्य अमेरिका – अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । 
उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने खासगरी पहिलो यान हुनेछ । 

स्थिर रहने ‘इनसाईट’ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण’साईज्मोमिटर’हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान गर्नेछ । ती कम्पनहरूले जमिनमूनि रहेको चट्टान कसरी पत्र–पत्रमा बनेको छ भन्ने खुलासा गर्नुपर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप कुराहरू पत्ता लगाउन मद्दत हुनेछ । 

‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा। ब्रुस ब्यानर्टले भन्नुभयो, “कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन् । र साईज्मोग्राममा देखिने ती सबै तरङ्गहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन् । सबै दिशाहरूबाट ‘मार्सक्वेकहरू’ लिएपछि हामीले मंगलग्रहभित्रको थ्री–डी दृश्य सँगै राख्न सक्नेछौँ ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको