Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चोकबाट हलेसी जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटना, ८ यात्रुका घटनास्थलमै मृत्यु

आइतबार, ०३ पुस २०७३, १७ : ३६ मा प्रकाशित

सिन्धुपाल्चोकबाट हलेसी जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटना, ८ यात्रुका घटनास्थलमै मृत्यु

अर्थ संसार

काठमाडौं–सिन्धुपाल्चोकबाट खोटाङ्को हलेसी दर्शनको लागि गएका यात्रु चढेको जिप मध्यपहाडी लोकमार्गको सिन्धुलीको रत्नावती गाबिस–३ घाटपाखा कालीडाडाबाट सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । 

 चालक सहित ९ जाना सबार जिपबाट दुर्घटनापछि दुई जनाको जिवितै उद्धार गरिएको थियो । तीमध्ये एकको उपचारको क्रममा मृत्यु भएको छ । अर्काको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । अरु ६ जनाको शब सुनकोशीबाट निकालिएको छ ।  जिपमा सवार १ जना वेपत्ता छन् ।

स्थानीय किरण पौडेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिप चालक लमजुङ समी भञ्ज्याङका ४० बर्षिय झपडबहादुर गुरुङ, सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसका ६ का ५० बर्षी साङदोर्जे शेर्पा, त्यहीँकै बाले शेर्पा, ५० बर्षकी निपुटी शेर्पा, लामा शेर्पा, ५० बर्षकी सर्किनी शेर्पा छन् । त्यहीँकी टुकुली शेर्पालाई जिवितै उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा उपचार गर्दा गर्दै मृत्यु भएको स्थानीय एमाले नेता रामप्रसाद भण्डारीले फोनमा जानकारी दिए । अर्का उद्धार गरिएका डालम्बु शेर्पालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

सिन्धुपाल्चोकबाट दुई वटा जिपमा यात्रु हलेशी दर्शन गर्न हिँडेका थिए । एउटा जिप अगाडि कटेको थियो । पछिपछि आउँदै गरेको जिप दुर्घटना भएको खबर फैलिएपछि अगाडि गएको जिपका यात्रु आफ्ना साथीलाई खोज्न फर्केका थिए । सडकबाट झण्डै १ सय मिटर तल खसेको जिप देखेपछि पहिलेको जिपका यात्रुले आफन्त परेको जानकारी पाएका थिए । उनीहरुले मृतकको नाम ठेगाना खुलाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको