Like us!
Follow us!
Connect us!
Watch us!

जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

बुधबार, २६ बैशाख २०७५, ०९ : ५२ मा प्रकाशित

जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

अर्थ संसार, आठराई, तेह्रथुम–  तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई देउराली सोसाइटी, तेह्रथुमले मंगलबार स्टेशनरी, पोशाक र झोला वितरण गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र अभिभावकलाई बालबालिकाको पढाइप्रति दायित्वबोध गराउन ६० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको देउराली सोसाइटी तेह्रथुमका सामाजिक परिचालक सुभाष कन्दङवाले बताउनुभयो । 

एक्सन एड नेपालको आर्थिक सहयोगमा आठराईभरिका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न बालबालिका प्रत्येकलाई रु एक हजार बराबरको विद्यालय प्रोत्साहन सामग्री वितरण गरिएको सामाजिक परिचालक कन्दङवाले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको