Like us!
Follow us!
Connect us!
Watch us!

गाउँमा शाखा खोल्न केन्द्रीय बैंकको अनुमति लिन नपर्ने

विहीबार, १३ असोज २०७३, १० : ४० मा प्रकाशित

गाउँमा शाखा खोल्न केन्द्रीय बैंकको अनुमति लिन नपर्ने

अर्थ संसार
काठमाडौं– राष्ट्र बैंकले शाखा स्थापना सम्बन्धी व्यवस्था संसोधन गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा खोल्न राष्ट्र बैंकको सहमति लिनुपर्ने छैन ।
नयाँ व्यवस्थाअन्तर्गत काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका केन्द्र बाहेकका स्थानमा शाखा खोल्दा केन्द्रीय बैंकको पूर्वस्वीकृति चाहिदैन । तर, ती स्थानमा शाखा सञ्चालन भएको सात दिनभित्र केन्द्रीय बैंकलाई जानकारी भने दिनु पर्नेछ ।
यसैगरी भुकम्प प्रभावित जिल्लामा शाखा स्थानान्तरका लागि पनि केन्द्रीय बैंकको अनुमति नचाहिने भएको छ । ती जिल्लाहरुमा स्वीकृति प्राप्त स्थानमा शाखा सञ्चालन गर्न असुविधा भएको अवस्थामा सोही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न सक्नेछन् । यसअघि शाखा स्थानान्तरण र गाउँमा शाखा खोल्न पनि केन्द्रिय बैंकको अनुमति लिन पर्ने व्यवस्था थियो ।
१२ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको