Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीको सेवा अबधिभर एउटै इमेल ठेगाना

मंगलबार, ०५ पुस २०७३, १० : ५२ मा प्रकाशित

सरकारी कर्मचारीको सेवा अबधिभर एउटै इमेल ठेगाना

अर्थ संसार
काठमाडौं–सरकारका सचिवहरुको बैठकले विशिष्ठ श्रेणीका कर्मचारीलाई सरकारी कामकाजको सिलसिलामा सरकारी ईमेलको प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तो ईमेलको संचालनवाट सम्पूर्ण निजामती कर्मचारीहरुमा कर्मचारी–कर्मचारी र कार्यालय–कर्मचारीबीच सूचना एवं महत्वपूर्ण दस्तावेज आदान प्रदान गर्न सहज हुने प्रधानमन्त्री कार्यालयले दावी गरेको छ ।

मुख्य सचिवसोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिव वैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट विकास गरिएको सबै निजामती कर्मचारीको एकीकृत ईमेल सेवाको पासवर्ड र ईमेल संचालन कार्यविधि विशिष्ट श्रेणीका कर्मचारीहरुलाई प्रदान गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयको सक्रियतामा तीन वर्षदेखि सबै निजामती कर्मचारीहरुको एकीकृत ईमेल सेवा संचालनमा ल्याइएको छ । निजामति कर्मचारीले निजामति कितावखानावाट कर्मचारी संकेत नम्वर प्राप्त गर्दाको वखतमै इमेल ठेगाना प्राप्त गर्ने र उसले उक्त इमेल ठेगाना नोकरी अवधिभर प्रयोगमा ल्याउन सक्ने ब्यवस्था छ । यसले कार्यालय सरुवा हुँदापिच्छे इमेल ठेगाना परिवर्तन गर्नुपर्ने झन्झटवाट छुट्कारा मिल्ने छ ।

यस्तो इमेल सेवा पूर्णरुपमा संचालामा आएपछि कर्मचारी संचय कोष, नागरिक लगानी कोषले आवधिक कोषको जानकारी सम्वन्धित कर्मचारीको इमेल ठेगानामा पठाउन सक्ने छ । सरकारका सवै शाखा अधिकृत, उप सचिव, सहसचिव, सबै कर्मचारीलाई एकै पटक समुहमा इमेल पठाउन मिल्ले गरी प्रणाली संचालनमा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भविष्यमा अन्य सरकारी निकायलाई यस कार्यालयले एडमिन युजर नेम र पासवर्ड दिएर ती निकाय आफैंले मातहतका कर्मचारीहरुको ईमेल ठेगाना वनाउन सक्ने व्यवस्थासमेत भविष्यमा कार्यान्वयन गर्ने उक्त कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको