Like us!
Follow us!
Connect us!
Watch us!

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

मंगलबार, ०५ पुस २०७३, १२ : ४४ मा प्रकाशित

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

अर्थ संसार
काठमाडौं–रेनोका नेपालका लागि आधिकारिक बितरक एडभान्स अटोमोबाइल्सले डस्टर तथा क्विड गाडिमा ‘रेनो विन्टर सुपर सेलेब्रेसन अफर’ घोषणा गरेको छ ।क्विडका लागि न्यूनतम १२ हजार ९ सय ९९ रुपैयाँदेखि मासिक किस्ता शुरु हुन्छ । त्यस्तै डस्टरमा  २७ हजार ९ सय ९९ रुपैयाँ देखि शुरु हुन्छ । योजना मंसिर ३० देखि जाडो मौसम अवधिभर संचालन हुनेछ ।

योजनामा आफ्नो कारहरु फाइनान्स गर्न चाहने ग्राहकहरुले वार्षिक ६.९९ प्रतिशत ब्याजमा प्राप्त गर्न सक्नेछन । त्यसैगरी ग्राहकहरुले हरेक खरिदमा नगद छुटको ग्यारेन्टी प्राप्त गर्नेछन् । साथमा २ वर्षको निःशुल्क सेवाका साथै सडक कर भुक्तानी सेवासमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

आफ्नो पुरानो कार एक्सचेन्ज गरेर नयाँ क्विड खरिद गर्न चाहने ग्राहकले ३० हजार रुपैयाँको एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । यो कार दुई वर्षको वारेन्टी सहित आउँछ ।रेनो फ्रेन्च बहुद्देशिय अटो मोबाईल उत्पादक हो । यसलाई नेपाली बजारमा केही महिनाअघि मात्र ल्याइएको हो । एडभान्स अटोमोवाइल व्यवसायीक समूह विशाल समूहसँग आवद्ध छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको