Like us!
Follow us!
Connect us!
Watch us!

वृद्ध दम्पत्तीबाट विद्यालयलाई पाँच लाखको जग्गा प्रदान

शुक्रबार, २८ बैशाख २०७५, १२ : ३२ मा प्रकाशित

वृद्ध दम्पत्तीबाट विद्यालयलाई पाँच लाखको जग्गा प्रदान

अर्थ संसार, नुवाकोट– पञ्चकन्या गाँउपालिका–३ घलेगाँउमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि भौतिक संरचना निर्माण गर्न वृद्ध दम्पत्तीले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । 

घलेगाँउमा जन्मेर हाल काठमाडौँ बस्दै आउनुभएका ७५ वर्षीय मानबहादुर कार्की ९भरत० र उहाँको श्रीमती सीता कार्कीले विद्यालयसँगै जोडिएको भीमबहादुर पराजुलीको एक रोपनी जग्गा रु पाँच लाखमा खरिद गरी विद्यालयलाई प्रदान गर्नुभयो । 

आफू जन्मेको स्थानका बालबालिका उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नदिन तथा शिक्षा मार्फत सामाजिक सुधार गर्ने उद्देश्यले विद्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराएको भरतले बताउनुभयो । 

सांसद तामाङबाट पाँच लाखको अक्षयकोष स्थापना :कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले दाताको सहयोगबाट प्रभावित हुँदै आफ्नो बुबाआमा माइते तामाङ र श्रीमाया तामाङ एवं शहीदहरुको सम्झनामा अक्षय कोष स्थापना गर्न रु पाँच लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । 

कोषमा उपलब्ध रकमको ब्याजले गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको अवसरबाट कोही पनि वञ्चित हुने अवस्था आउन नदिन र विद्यार्थीलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने विश्वास लिएको सांसद तामाङले बताउनुभयो । 

पूर्वमन्त्री समेत रहनुभएका उहाँले सोही विद्यालयको कक्षा २ का छात्रा जुना विश्वकर्मा र कक्षा ३ का सम्झना तामाङको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा अध्ययनरत रहुञ्जेल आवश्यक सबै खर्चको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका तेजबहादुर तामाङ रमेशले आफूले जिम्मेवारी बहन गरेपछि सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकलाई विद्युतीय हाजिरीकापी, अंग्रेजी माध्यमबाट अध्यापन, नियमित विद्यालय आउने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाएर गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्रिय रहेको बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको