Like us!
Follow us!
Connect us!
Watch us!

गोकर्णेश्वरमा सुरु भयो ड्रोनबाट नक्साङ्कन

शुक्रबार, २८ बैशाख २०७५, २० : १७ मा प्रकाशित

गोकर्णेश्वरमा सुरु भयो ड्रोनबाट नक्साङ्कन

अर्थ संसार, काठमाडौं–गोकर्णेश्वर नगरपालिकाले शहरी योजनाहरु अघि बढाउन ड्रोनबाट उच्च गुणस्तरीय हवाइ फोटोहरु लिने भएको छ ।

नेपालमै पहिलो पटक नगरपालिकाको नक्सांकनका लागि ड्रोनको प्रयोग गोकर्णेश्वरमा गरिएको हो । उक्त परियोजनाको उद्घाटन नगरप्रमुख सन्तोष चालिसेले ड्रोन उडाएर गरे ।

गोकर्णेश्वर नगरपालिका र स्ट्रक्चर डिजाइन एण्ड सर्भिसेज,  ड्रोनेपाल र नक्सा प्रालिको संयुक्त सहकार्यमा नगरपालिकाको नक्सांकन गर्न लागिएको हो । 

कोइका र कोरियाको एन्जल्सविङ नामक कम्पनीको सहयोग प्राप्त ड्रोन नेपाल पहिलो ड्रोन सेवा प्रदान गर्ने कम्पनी हो । यसले ड्रोनको प्रयोग गरेर नगरपालिकाहरुमा सर्भे, परियोजनाको प्रगति अनुगमन, नक्साङ्कन गर्ने छ।

नेपाल फ्लाइङ् ल्याबका संयोजक तथा नासा प्राइभेट लिमिटेडका संस्थापक उत्तम पुडाशैनीका अनुसार ड्रोनले सर्भे गर्न, कुन परियोजना, कहाँ, कस्तो अबस्थामा भइरहेको छ भनेर उच्च गुणस्तरको फोटो/भिडियो खिचेर अनुगमन गर्न मद्दत गर्छ ।  

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको