Like us!
Follow us!
Connect us!
Watch us!

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

सोमबार, ३१ बैशाख २०७५, १० : २७ मा प्रकाशित

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

अर्थ संसार, साना– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । 

गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन् । 

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ । प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ । यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ । 

संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा बालबालिकामा देखिएको भ्यागुते रोगको विरुद्धमा राष्ट्रिय अभियान पनि चलाइएको थियो । भ्यागुते रोग विरुद्ध लड्न गत मार्चमा डब्लु एच ओ, युनिसेफ र यमनको स्वास्थ्य अधिकारीले संयुक्तरुपमा देशव्यापी बृहत अभियानको सुरुवात गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको