Like us!
Follow us!
Connect us!
Watch us!

हिल्सा नाकाको अध्ययन गरिने

मंगलबार, ०१ जेठ २०७५, ११ : ०४ मा प्रकाशित

हिल्सा नाकाको अध्ययन गरिने

अर्थ संसार, काठमाडौँ– कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । 

हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको छ । उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा—सिमीकोट— हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको प्रयोजन छ । त्यहाँ हुने चोरी निकासीलाई न्यूनीकरण गर्न पनि नाका क्षेत्रका विभिन्न स्थानमा भन्सारको व्यवस्था गर्न सोही अध्ययनमार्फत सुझाव दिइनेछ । 

करीब रु सात लाखको लागतमा सम्पन्न गरिने उक्त अध्ययन चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोगका सूचना अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको