Like us!
Follow us!
Connect us!
Watch us!

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, बुधबार प्रहरी मुख्यालयमै हमला, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

बुधबार, ०२ जेठ २०७५, १४ : ०८ मा प्रकाशित

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, बुधबार प्रहरी मुख्यालयमै हमला, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

अर्थ संसार, जकार्ता– इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ ।

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ ।

बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए । सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो ।

प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए । तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन् ।

अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन ।

उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।

आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए ।

बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको ब्रत बस्ने तयारी गरिरहेका छन् ।

त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।रासस/एएफपी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको