Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिरको तयारीमा हुनुहुन्छ ? साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

आइतबार, ०६ जेठ २०७५, १४ : ३७ मा प्रकाशित

सरकारी जागिरको तयारीमा हुनुहुन्छ ? साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

अर्थ संसार, पोखरा–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उहाँले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको