Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

विहीबार, ०७ पुस २०७३, १० : १२ मा प्रकाशित

उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

अर्थ संसार
काठमाडौं– उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सकिएको छ ।राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर इन्टरप्राइज कार्यक्रमको दोस्रो संस्करण पूरा गरिएको हो ।  
 
इन्टरप्राइजले युवा पुस्तामा उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी सिर्जनामार्फत मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउन सकून् भन्ने उद्देश्यले ‘नेपाल बिजनेस एक्सेलरेटर प्रोगाम’ सञ्चालन गरेको हो । इन्टरप्राइज निजी क्षेत्रले सञ्चालन गरेको नयाँ अवधारणको कार्यक्रम हो ।

यस कार्यक्रममार्फत नेपाली कम्पनीले नयाँ अनि सिर्जनात्मक तरिकाले वस्तु उत्पादन, सेवा प्रवाह तथा लगानीका लागि पुँजी संकलन गर्न सिकाइन्छ । यो कार्यक्रममा सहभागी भएकाले आफ्नो व्यापार व्यवसायलाई थप नयाँ उचाईमा पुर्याउन सक्ने विश्वास लिइएको छ ।

बिजनेस एक्सेलरेटरको दोस्रो संस्करणमा देशभरका चार सयभन्दा बढी कम्पनी तथा तिनका प्रवद्र्धकले सहभागी हुने इच्छा राखेका थिए । यी मध्येबाट सबैभन्दा उपयुक्त ६ वटा कम्पनी छानिएका थिए ।यी कम्पनीले कसरी उद्यमशीलता प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छन् । जसमा एक्ट ३६० प्रालि, एइडन इन्जिनियरिङ प्रालि, फुडमान्डू प्रालि, फङ्की डिलाइट प्रालि, इनग्रेल्स प्रालि र भिमभक्स ल्याब प्रालि रहेका छन् ।

इन्टरप्राइजको दोस्रो संस्करणमा सहभागी भएकाले पाएका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा राजधानीमा मंगलबार विभिन्न प्रदर्शनीमार्फत जानकारी गराइएको छ । होटेल ¥याडिसनमा ‘डेमो डे’ का रूपमा कार्यक्रमका उपलब्धीलाई संक्षिप्त रूपमा प्रस्तुतीकरण गरी कार्यक्रमको समापन गरिएको हो ।

डेमो कार्यक्रममा छानिएका ६ वटा कम्पनीले सिकेका ज्ञान, प्राप्त गरेका लगानी तथा अवसरका बारेमा जानकारी गराए । डेमो डेमा १५० जना भन्दा बढी लगानीकर्ता तथा सरोकारवालाको सहभागिता थियो ।इन्टरप्राइज कार्यक्रमका निर्देशक अजय श्रेष्ठले यसपटक थप रचनात्मक तथा सिर्जनशीलता अभिवृद्धि गरी व्यावसायिक क्षमता बढाउने किसिमका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

‘एक्सेलरेटर कार्यक्रममा सहभागी प्रत्येकलाई व्यवसायमा उत्पन्न हुने विविध समस्या समाधानका उपाय, नयाँ उद्यमशीलता प्रवद्र्धन गर्न स्रोत खोजी तथा परिचालन एवं कानुनी पक्षका बारेमा समेत गहन तरिकाले जानकारी गराइयो,’ उनले भने ।

१२ हप्तासम्म सिकेका ज्ञान, विशेषज्ञले सिकाएका प्राविधिक, सैद्धान्तिक एवं व्यवहारिक सीपको झलक डेमा डेमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।इन्टरप्राइज कार्यक्रम नेपाल युवा उद्यमी मञ्चको अग्रसरतामा सञ्चालन गरिएको हो । यसमा सेन्टर फर क्रेसन अफ इकोनोमिक वेल्थ (सीसीईडब्ल्यू) ओक्लोहामा विश्वविद्यालयको सहकार्य रहेको छ ।

कार्यक्रमलाई टु« नर्थ एसोसिएट्सले आर्थिक सहायता उपलब्ध गराएको हो । एनएमबी बैंक, आई क्यापिटल प्रालि, एक्ट ३६० प्रालि, ओनियन फिल्मस् प्रालि तथा इमाजिङ प्रालिको सहयोग र सहकार्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको