Like us!
Follow us!
Connect us!
Watch us!

हाइभोल्टेज प्रसारण लाइन बनाउन अमेरिकाको सहयोग, कहिलेदेखि होला काम ?

शुक्रबार, ११ जेठ २०७५, ११ : १५ मा प्रकाशित

हाइभोल्टेज प्रसारण लाइन बनाउन अमेरिकाको सहयोग, कहिलेदेखि होला काम ?

अर्थ संसार, काठमाडौँ– ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका बारेमा छलफल भएको छ ।

 ऊर्जा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री पुनले अमेरिकाको सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेशनसँग सम्बन्धित कार्यक्रम समयभित्र पूरा गर्ने तयारी मन्त्रालयले गरेको बताउँदै त्यसका लागि सरकारका तर्फबाट कुनै समस्या नपर्ने धारणासमेत राख्नुभयो । अमेरिकाले अगाडि बढाएको नमूना परियोजनाका रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारीसमेत उहाँले दिनुभयो ।

 मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन आग्रह गर्नुभयो । अमेरिकी सहयोगमा रातोमाटे–दमौली, दमौली–बुटवल, बुटवल– हेटौँडा र रातोमाटेदेखि लप्सीफेदीसम्म ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ ।

त्यसैगरी बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने समझदारी भइसकेको छ । सो अवसमार नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको