Like us!
Follow us!
Connect us!
Watch us!

बन्दको आह्वान गरेपनि छैन सडक बन्द

विहीबार, ०७ पुस २०७३, १५ : १५ मा प्रकाशित

बन्दको आह्वान गरेपनि छैन सडक बन्द

अर्थसंसार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गरेपनि सडकमा सवारी साधन चलिरहेका छन् । ठाउँ ठाउँमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ । भाडाका सवारी थोरै मात्रामा चलिरहेका छन् भने निजी सवारी विशेष गरेर मोटरसाइकलको सडकमा बाक्लो उपस्थिति रहेको छ ।

यसैबीच बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहका अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन् । उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन पाएको छैन । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

 शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन् ।  पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव माओवादीको जनवर्गीयसंगठनले बिहीबार उपत्यका बन्दको घोषणा गरेको हो । बन्दको नाममा जनतालाई तस्रित बनाउने काम मात्र भएको एक पैदल यात्री भुवन शर्माले बताए । अफिस जादैँ गरेका उनी बन्दले गर्दा अन्योलमा परेको व्यथा सुनाए । महिनैपिच्छे आह्वान गरिने यस्ता बन्दले गर्दा कलेज बन्द हुने र बिद्यार्थोलाई असर पर्ने  बिद्यार्थो रितु बरालले बताईन । 

बन्दले गर्दा स्कुले बालबालीकाहरुको छुट्टी हुने हुदाँ आफूलाई अफिस जान कठिनाई भएको महिला कर्मचारी तारा पोखरेलले जानकारी दिईन् । आफ्नो निजि कामका लागि उपत्यका बाहिर जान लागेकी अपेक्षा चन्द्रले उपत्यका बन्दले गर्दा बेलुकी ५ बजेमात्र जान पाउने गुनासो व्यक्त गरिन् । 
आफ्नो व्यवसायकालागि पोखरादेखि काठमाडौँ आउन लागेका ऋसिराज शर्माले बन्दको आह्वानले अन्योलमा परेको बताए । 

यसरी समयसमयमा आह्वान गरिने बन्दले व्यापारी देखि सर्वसाधारणमा असर पर्ने र काम गर्ने अन्योलमा पार्ने एक व्यापारी हिरालाल शाहले बताए । अब जनताले बन्दको चुपचाप पालन गर्ने   होईन यसको अवज्ञा गर्नुपर्ने उनले बताए । 


नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेतापनि यसको पालना भएको छैन् । साझा यातायात, टेम्पु, नेपाल यातायात लगाएतका सवारी साधानहरु सडकमा चलेका छन् । बन्दको अवज्ञा गर्दै नेपाल सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको