Like us!
Follow us!
Connect us!
Watch us!

कुरियर सेवा संघका अध्यक्ष सिवालाई अम्बेडकर पुरस्कार

विहीबार, ०७ पुस २०७३, १७ : २४ मा प्रकाशित

कुरियर सेवा संघका अध्यक्ष सिवालाई अम्बेडकर पुरस्कार

अर्थ संसार
काठमाडौं–यस वर्षको डाक्टर अम्वेडकर विशिष्ट सेवा पुरस्कार नेपाल कुरियर सेवा संघका अध्यक्ष एवं युवा उद्यमी रामेश्वर शिवालाई प्रदान गरिएको छ ।

नयाँ दिल्लीको पंचशील मण्डपमा आयोजित सामारोहमा भारतका केन्द्रीय खाद्य तथा उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले सामाजिक न्याय, समावेशी र दलित उत्थानमा उद्यमी शिवाले गरेको योगदानको उच्च कदर स्वरुप उक्त पुरस्कार प्रदान गरेका हुन् ।

 शिवाले दलित समुदायको शिक्षा तथा सामाजिक सेवामा सहयोग गर्दै आएका छन् । भारतीय दलित साहित्य अकादमीद्धारा आयोजित सम्मेलनमा पूर्व सामाजिक न्याय मन्त्री सत्यनारायण जाटिया,  न्यायाधिस वीएच भैरविया, उप–सभामुख जितेन्द्र सरकार र विभिन्न राज्यका सांसद, समाजसेवी, लेखक र उद्यमीहरुको सहभागिता थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको