Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने

मंगलबार, १५ जेठ २०७५, १९ : ०७ मा प्रकाशित

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने

अर्थ संसार, काठमाडौँ — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।

सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।

सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको