Like us!
Follow us!
Connect us!
Watch us!
विभिन्न ५ जनजाति संस्थाले विज्ञप्ति जारी गरेरै नमनाउन दिए चेतावनी

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो

शुक्रबार, ०८ पुस २०७३, ०९ : ५९ मा प्रकाशित

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो

अर्थ संसार

न्युयोर्क–गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले संस्थागत निर्णय गरेरै आगामी पृथ्वी जयन्ती मनाउने भएपछि अमेरिकामा रहेका जनजातिहरु आगो भएका छन् । उनीहरुले पृथ्वी जयन्ती नमनाउन एनआरएनलाई चेतावनी दिएका छन् ।  नेपाल आदिवासी जनजाति महासंघ, नेपाली संघीय समाज, संघीय लिम्बुवान मञ्च, मधेशी अराउण्ड दि वल्र्ड र सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपालले विज्ञप्ति प्रकाशन गरी त्यस्तो चेतावनी दिएका हुन् ।

एनआरएन राष्ट्रिय समन्वय परिषद, अमेरिकाले आगामी पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा हालसालै बसेको बैठकबाट निर्णय गरेको खबरले नेपाली डायस्पोरालाई चिन्तित बनाएको उनीहरुले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । एनआरएन जस्तो गैंर राजनीतिक संस्थाले यस्तो राजनीतिक मुद्दालाई एकतर्फी रुपमा प्रस्तुत गरेको भन्दै ती संस्थाले एनआरएन एनसिसिको वर्तमान नेतृत्वको निन्दा गरेका छन् । उनीहरुले यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न अव्हान गरेका छन् । 

वर्तमान नेतृत्वले एनआरएनको प्रतिष्ठालाई धज्जी उडाउने चेष्टा गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘अमेरिकी नेपालीहरुको एकतालाई विभाजनतर्पm उन्मुख गराउन खोज्ने वर्तमान नेतृत्वको षड्यन्त्र र कुनियतप्रति घोर आपत्ति जनाउँदै एनआरएन, युएसएले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रम तुरन्तै फिर्ता लिई आम नेपाली डायस्पोरासमक्ष माफी माग्न सचेत गराउँछौं । ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको