Like us!
Follow us!
Connect us!
Watch us!

संजय दत्त बनेका रणवीरको ‘सन्जु’को ट्रेलर सार्वजनिक

बुधबार, १६ जेठ २०७५, १५ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । मुम्बइमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

राजकुमार हिरानीले निर्देशन गरेको यो चलचित्र जुन ३० मा रिलिज हुँदैछ । चलचित्रले बलिउड नायक संजय दत्तको जीवनीलाई पर्दामा उतारेको छ ।चलचित्रमा संजय दत्तको भूमिकामा नायक रणवीर कपुर देखिएका छन् । रणवीर कपुरलाई संजय दत्तको यूवा अवस्थादेखि हालको अवस्थासम्म फिचरिङ गरिएको छ ।

चलचित्रमा रणवीर कपुर, पारेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीको मुख्य भूमिका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको