Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु

शुक्रबार, ०८ पुस २०७३, १० : ५९ मा प्रकाशित

आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु


काठमाडौं-सरकारले आइतबारदेखि अनलाइनबाटै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को फाराम लिन सुरु गर्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइनबाट लाइसेन्स फाराम भर्ने कार्यको सुरु गर्ने कार्यक्रम छ ।

अनलाइनबाट फाराम भर्न सुरु गरेपछि मध्यरातदेखि नै फाराम भर्न लाग्ने भीड हट्ने विभाग प्रवक्ता डा. टोकराज पाण्डे बताउँछन् । ‘त्यसका साथै बिचौलियाले खेल्न पाउनेछैनन्,’ उनले भने । यातायात कार्यालयअगाडि लाग्ने  लाइनमा ५० प्रतिशतले कमी आउने विभागको विश्वास छ ।

अहिले दैनिक न्यूनतम दुई हजार दुई सयजना मानिस लाइसेन्स फाराम भर्न लाइनमा बस्ने गरेका छन् । विभागको प्रविधि शाखाका इन्जिनियरहरू अनलाइन फाराम भर्ने प्रणालीका लागि आवश्यक सर्भर जडान गर्ने र सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सिक्रोनाइजेसन गर्ने काम गरिरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

पहिलो चरणमा काठमाडौंमा मात्रै

विभागले पहिलो चरणमा उपभोक्तालाई काठमाडौंस्थित कार्यालयबाट अनलाइनमार्फत फाराम भर्ने सेवा उपलब्ध गराउनेछ । स्मार्ट कार्ड लाइसेन्स वितरण गरिएको ठाउँबाट मात्र अनलाइन फारामसम्बन्धी सेवा उपलब्ध गर्न सकिने भएकाले सवारीचालक अनुमतिपत्र बागमती रहेको एकान्तकुनास्थित कार्यालयले यो सेवा उपभोक्तालाई दिनेछ । यसलाई चाँडै अन्य ठाउँमा रहेका कार्यालयमा पनि विस्तार गरिने विभागको योजना छ ।

आइतबारदेखि विभागको वेबसाइट (डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनप(http://www.dotm.gov.np) गएर अनलाइन सवारीचालक अनुमतिपत्र भन्ने बटममा क्लिक गरेर फाराम भर्न सकिनेछ । फाराम भरेपछि थप प्रक्रियाका लागि निश्चित समय र युजर नम्बर उपलब्ध हुनेछ । उक्त समयअनुसार नै आवश्यक कागजपत्र, फोटो लिएर कार्यालयमा जानुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर ट्रायलको मिति निश्चित गरिने व्यवस्था गरिएको छ । आवश्यक शुल्क सवारीचालक अनुमपतिपत्र कार्यालयमा बुझाउनुपर्नेछ । कसरी फाराम भर्ने भनेर वेबसाइटमा आइतबारदेखि नै प्रक्रिया उल्लेख गरिएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

यो पनि पढ्नुहोस्

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो​

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको