अर्थ संसार
काठमाडौं– तपाई नयाँ सेयर किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल एसबिआई बैंकको नयाँ सेयर आइतबार निस्काशन गर्दै छ । बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो । बैंकलाई इक्रा रेटिङले ग्रेड २ रेटिङ दिएको छ । यसले बैंकको समग्र पक्ष औसतभन्दा माथि रहेको जनाउँछ ।
लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि एफपीओं भर्न सक्नेछन्।
सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस