Like us!
Follow us!
Connect us!
Watch us!

गायक अविनास गुरुङ र गायिका सुनितामी परियारको “गण्डकी रोधी ” भिडियो सहित

सोमबार, २१ जेठ २०७५, १२ : ५३ मा प्रकाशित

आर पोखरेल

अर्थ संसार, काठमान्डौ –नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर दुख सुखका भोगाईहरु आपसमा रमाइलो तरिकाले साथीभाई माझँमा ब्यक्त गर्ने प्रचलन कायम रहेको छ ।

यक अविनास गुरुङ र गायिका सुनितामी परियारको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  “गण्डकी रोधी”को भिडियो आज सार्बजनिक भएको हो  ।

 साँस्कृतिक परम्परालाई  जर्गेना गर्नेक्रममा यस पटक रोधी गीत दर्शक तथा स्रोता माझँमा ल्याएको गायक अविनासले बताए । यसपटकको समयमा आफनो सास्कृतिक परम्परालाई विकाश गर्नको लागी लागी परेको उनले बताए ।

विनोद बावु केसीको लय रहेको यस गीतमा शब्द भने सपना क्षेत्री , ईश्वर मगर र कृष्ण रानाभाटको रहेको छ । मालती डिजिटल म्यिुजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा रोधी घरमा आउनको लागी मायालुलाई आग्रह गरिएको छ ।

भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन , दिपक विष्टले सम्पादन गरेका हुन । भिडियोमा मायालु जोडीको भुमिकामा काजिश श्रेष्ठ र रितु तामाङलाई देख्न सकिन्छ ।  गीतलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको