Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट विद्युत् महसुल तिर्न सकिने, प्रविधिले ल्यायो यस्तो परिवर्तन

मंगलबार, २२ जेठ २०७५, १० : ४१ मा प्रकाशित

इसेवाबाट विद्युत् महसुल तिर्न सकिने, प्रविधिले ल्यायो यस्तो परिवर्तन

अर्थ संसार, काठमाडौं - विद्युत् महसुल तिर्न लामो समय लाइन बस्नुपर्ने, टाढा टाढा देखि हिडेर आउनुपर्ने वाध्यता अब क्रमशः सकिदै आएको छ ।

पछिल्लो सयमा प्रविधिमा आएको परिवर्तन तथा सहजताका कारण विद्युतीय प्रणालीबाट नै विद्युत् महसुल तिर्न सकिने भएको छ ।

यस्तै सेवा पछिल्लो पटक कैलालीमा पनि सुरु भएको छ ।

विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिए ।

सम्मेलनमा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले ई–सेवाबाट विद्युत् महशुल बुझाउँदा समयको बचत, अनावश्यक झण्झटलगायतबाट ग्राहकले छुटकारा पाउने विश्वास आफूले लिएको बताए ।

उक्त सेवाबाट सहजैरुपमा विद्युत्को महशुल तिर्न सकिने भएकाले सेवाग्राहीले विद्युत् केन्द्रसम्म धाउनु नपर्ने प्राधिकरणले जनाएको छ ।धनगढी वितरण केन्द्रअन्तर्गत ४३ हजार तथा अत्तरिया विद्युत् वितरण केन्द्रअन्तर्गत १० हजार गरी कूल ५३ हजार विद्युत् उपभोक्ताले उक्त सेवाबाट आफू अनुकूल जहाँसुकैबाट पनि विद्युत् महशुल तिर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ ।

यसअघि प्रभु बैंक, एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी बैंकसहित आठवटा वित्तिय संघसंस्थाबाट विद्युत् महशुल तिर्न सकिने व्यवस्था रहेको प्रमुख यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको