Like us!
Follow us!
Connect us!
Watch us!

धम्कीपछि सेयर कारोबार बन्द

मंगलबार, २२ जेठ २०७५, १३ : ५० मा प्रकाशित

धम्कीपछि सेयर कारोबार बन्द

अर्थ संसार, काठमाडौं– सोमबार बोनस र हकप्रद सेयरको अंकित मूल्यकै आधारमा लाभकर लिने सरकारको निर्णय विरुद्ध आन्दोलन चलिरहँदा बजारमा कारोबार भैरहेको थियो ।

यता, लगानीकर्ता आन्दोलनको मैदानमा उत्रिरहँदा उता, ब्रोकर भटाभट सेयर किनवेच गरिरहेका थिए । तर मंगलबार आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ता संघ संस्थाले सेयर कारोबार गराएमा त्यसको जिम्मेवार आफै हुने भन्दै ब्रोकरहरुलाई धम्की दिएपछि (आज) मंगलबार सेयर कारोबार ठप्प भएको छ ।

सोमबार विभिन्न लगानीकर्ता संघले कारोबार बहिस्कार आन्दोलन गरेपनि नेप्से ५.११ अंकले घट्दा ४२ करोड बढीको कारोबार भएको थियो ।  

यदि ब्रोकरले आन्दोलनलाई वस्ता नगरी कारोबार गरिएमा ब्रोकर कार्यालयमा ताला लगाउने सम्मका रणनीति बनाइएको छ ।

लगानीकर्ताका ३ वटा संगठन नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले  संयुक्त विज्ञप्ति जारी गरेर जबर्जस्ती ढंगले कारोबार गरिएमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाको जिम्मेवारी ब्रोकरहरुले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

सरकारले लगाएको प्रतिगामी कर फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने जानकारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

एनएमबी बैंकको एफपीओ जेठ ३० गतेदेखि, लगानी गर्दा फाइदा कि वेफाइदा ? 

पूँजीगत लाभकर बढाइएकोमा विरोध जारी, आज होला सहमति ? 

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने, अषाढ ५ देखि २५ गतेसम्म बुक क्लोज

आरएसडिसी लद्युवित्तको समायोजन मूल्य कति ? 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको