Like us!
Follow us!
Connect us!
Watch us!

एक कित्ता पनि सेयर कारोबार नभएको दिन !

मंगलबार, २२ जेठ २०७५, १६ : २३ मा प्रकाशित

एक कित्ता पनि सेयर कारोबार नभएको दिन !

अर्थ संसार, काठमाडौं– काठमाडौँ, नेपालको इतिहासमै पहिलो पटक सेयर कारोबार भएन । विगतमा पनि सामान्य विवाद भएका थिए र ती विवाद समाधान भएका थिए । तर आज नेपाल स्टक एक्सचेन्ज पनि खुला थियो ।

सिडिएस क्लियरिङ पनि खुलै थियो । सबै ब्रोकर कम्पनी पनि खुला थियो । तर, कोही कसैले पनि सेयर खरिद बिक्री गरेनन् ।

नाफा कमाएको विषयमा समेत नोक्सान व्योहोरेर सेयर बेच्दा पनि लाभकर तिर्नुपर्नेगरी सरकारले नेप्सेलाई निर्देशन दिएपछि लगानीकर्ताले मंगलबार कारोबार बन्द गरेका छन्। आज  दिनभर कुनै पनि कम्पनीको सेयर कारोबार भएन। बजार खुलेपनि एउटा पनि शेयर कारोबार नहुनु पनि नेपालका लागि पहिलो भएको जानकारहरुको भनाइ छ ।

लगानीकर्ताले कारोबार बहिष्कार गरी नेप्सेको कार्यालय घेराउ गरेका थिए ।  सरकारले बोनस र हकप्रदको सेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई आधार बनाएर लाभकर उठाउन भनेपछि लगानीकर्ता आक्रोशित मात्रै भएनन्, विरोध जनाउन नेप्से  र नेपाल धितोपत्र बोर्ड समेत पुगे ।

उनीहरु सोमबारदेखि आन्दोलित भएका हुन् । तर समस्या समाधानका लागि हालसम्म कुनै पनि प्रयास भएको छैन । अर्थमन्त्री डा युवराज खतिवडाले समस्या समाधान गर्ने बताएपनि अर्थमन्त्रालयले सो समाचार सामग्री तयार पार्दा सम्म कुनै पहल गरेको छैन ।

सरकारले ल्याएको पूँजीगत लाभकर तिर्ने व्यवस्था लागू भए नोक्सानमा पर्दा पनि लाभकर तिर्नुपर्ने अवस्था आउने इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।

सेयर लगानीकर्ता संघका महासचिव जगन्नाथ पुडासैनी पनि सरकारको पछिल्लो  व्यवस्थाले लगानीकर्ता चरम मारमा पर्ने भन्दै उक्त व्यवस्था तत्काल खारेज गर्न माग गरे ।

सरकार डकैतीको शैलमिा उत्रियो, यसले साना ठूला सबै लगानीकर्ता मारमा पर्ने भए । तर समस्या समाधानका लागि कुनै पनि प्रयास नभएको भन्दै उनले गुनासो समेत गरे ।

सेयरमा लगानीलाई बन्देज गर्ने नियतले यस्तो निर्देशन आएको बताउँदै लगानीकर्ताले तुरुन्त निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले स्टकका प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउदलाई समेत समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । सोमबार त धितोपत्र बोर्डका अध्उयक्ष एवम् प्रवक्ता निरज गिरि माथि लगानीकर्ताले चर्को आक्रोश नै पोखेका थिए । उनीहरुले लगानीकर्ता मारा निर्णय तत्काल सञ्चयाउन माग गरेका छन् ।

लगानीकर्ताको विरोधका कारण सेयर बजार प्रभावित भएपछि समस्या समाधानको पहल भइरहेको अर्थ मन्त्रालयको भनाइ छ । तर हालसम्म वार्ताका लागि कुनै पनि जानकारी नआएको लगानीकर्ताहरुको भनाइ छ ।

लगानीकर्ताको अवरोध पछि सेयर ब्रोकरहरुले कुनै कारोबार नगर्दा नेपाल स्टक एक्चेन्जमा कुनै पनि काराबोर हुन सकेन । सरकारले सेयर कारोबारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले काराबोरमा केही समस्या आएको जानकारी दिए ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।   सरकारले बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ ।  यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५.५ प्रतिशत पून्जीगत लाभकर लाग्दै आएको थियो ।

यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । यस्तै लगानीकर्ताले आजै पनि अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएका छन् ।

यो पनि पढ्नुहोस्

एनएमबी बैंकको एफपीओ जेठ ३० गतेदेखि, लगानी गर्दा फाइदा कि वेफाइदा ? 

धम्कीपछि सेयर कारोबार बन्द

पूँजीगत लाभकर बढाइएकोमा विरोध जारी, आज होला सहमति ? 

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने, अषाढ ५ देखि २५ गतेसम्म बुक क्लोज

आरएसडिसी लद्युवित्तको समायोजन मूल्य कति ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको