Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले घुडा टेक्यो , पूरानै व्यवस्था अनुसार सेयरमा पूँजीगत लाभकर लाग्ने, अर्थ मन्त्रालयले लेख्यो पत्र

बुधबार, २३ जेठ २०७५, १३ : ३४ मा प्रकाशित

सरकारले घुडा टेक्यो , पूरानै व्यवस्था अनुसार सेयरमा पूँजीगत लाभकर लाग्ने, अर्थ मन्त्रालयले लेख्यो पत्र

अर्थ संसार, काठमाडौं – बोनस र हकप्रद सेयरमा थप लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ ।अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलार्य पत्र पठार्य पूरानै व्यवस्थाअनुसार लाभकर लगाउन निर्देशन दिएको छ । सरकारको निर्णयपछि  अब पुरानै प्रणालीअनुसार  पुँजीगत लाभकर लाग्नेछ ।

लगानीकर्ताले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै मंगलबार कारोबार नै बन्द गरेका थिए । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र लेखी पूरानै व्यवस्थाअनुसार लाभकर लगाउन भनेको छ । पठाएको छ ।

मन्त्रालयका एक अधिकारीले पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएको बताए ।

लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै आज पनि  धितोपत्र बोर्ड घेराउ गरेका थिए ।सोमबार नेपाल स्टक एक्सजेन्जमा घेराउ तथा विरोध जनाउका लगानीकर्ताले मंगलबार भने कारोबार नै बन्द गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको