Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार खुल्यो, उत्साहजनक कारोबार हुँदै

बुधबार, २३ जेठ २०७५, १४ : ४८ मा प्रकाशित

सेयर बजार खुल्यो, उत्साहजनक कारोबार हुँदै

अथ संसार, काठमाडौं– लगानीकर्ताको आन्दोलनको कारण मंगलबारदेखि बन्द भएको सेयर बजार  आज अपरान्ह १ : ९ बजेदेखि  संचालनमा आएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार सुरु भएको संकेत आए लगत्तै लगानी कर्ता कारोबारमा सहभागि भएका छन  ।

सरकारले घुडा टेक्यो , पूरानै व्यवस्था अनुसार सेयरमा पूँजीगत लाभकर लाग्ने, अर्थ मन्त्रालयले लेख्यो पत्र 

सरकाले हकप र बोनस सेयरमा थप पुँजीगत लाभकर लाग्ने निर्णय गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए  । उनीहरु मंगलबार १ कित्ता पनि सेयर कारोबार गरेनन् । आ

ज विहान ११ बजे बजार खुलेपनि सेयर कारोबार नभएपछि सरकारलाई दवाव परेको थियो । सोही दवावका कारण अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र लेख्दै पुरानै व्यवस्था अनुसार लाभकर लिन निर्देशन दियो ।

सो निर्देशन सार्वजनिक भएलगत्तै बजारमा कारोबार सुरु भएको हो । यो समाचार तयार पार्दासम्म स्टकमा कुल १०६ कम्पनीको २२ हजार ९९५ कित्ता सेयर कारोबार भएको छ । 

5b179550a827d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको