Like us!
Follow us!
Connect us!
Watch us!

आयोजना स्थलमा चन्दा मागे तत्काल खबर गर्न गृहमन्त्रीको  आग्रह

विहीबार, ३१ जेठ २०७५, ०५ : ०० मा प्रकाशित

आयोजना स्थलमा चन्दा मागे तत्काल खबर गर्न गृहमन्त्रीको  आग्रह

अर्थ संसार, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले जलबिद्युत आयोजना स्थलमा कसैले चन्दा माग्न आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन ।

 चन्दाको बारेको गुनासो आँउने बित्तिकै गृहमन्त्रालयले तत्काल कारावही गर्ने र उक्सनमा उत्रने  बताए । गृह मन्त्रालयमा आज भएको छलफलमा उनले कुनै पनि आयोजनामा शान्ति सुरक्षाको विषयमा समस्या आए जानकारी गराउन समेत निर्देशन दिउका थिए ।

छलफलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले विद्युत चोरी हुने खास क्षेत्र छनौट गरेर ‘अप्रेशन’ गर्ने र त्यसले देशभरी नै एउटा सन्देश जाने बताएका थिए ।

 उनले एउटा दुईटा घरलाई कारबाही गर्ने भन्दा पनि देशभरी नै सन्देश जाने किसिमले विद्युत चोरी नियन्त्रण अभियान सञ्चालन गर्न सुझाव दिएका थिए । यसका लागि एउटा बिषेश टोली नै बनाएर खटाउने उनले बताए ।   

बिद्युत प्राधिकरणले सबैभन्दा बढी बिद्युत चुहावट हुने क्षेत्र पहिचान गरी प्रहरीलाई जानकारी दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी थिए ।

 प्राधिकरणसँग कुन ठाँउमा कति बिद्युत चोरी हुन्छ भन्ने आँकडा पनि रहेकोले उनीहरुममाथि कारवाही गर्न समस्या नरहेको उनले बताए । बिद्युत चुहावट नियन्त्रण गर्न र आयोजनाको काम समयमा सक्नका लागि उर्जा मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रुपमा काम गर्ने सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको