Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी, विशेष यूवाहरुकै लागि निर्मित

विहीबार, ३१ जेठ २०७५, १७ : २८ मा प्रकाशित

नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी, विशेष यूवाहरुकै लागि निर्मित

अर्थ संसार, काठमाडौं– यूवा वर्ग माझ वैश्विक स्तरमै अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन यूथ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी  २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ । जानकारीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

 ‘उपभोक्ताका माग र आवश्यकताको सम्बोधन गर्नु ओपोमा हाम्रा लागि सँधै प्राथमिकताको विषयका रुपमा रहँदै आएको छ । ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले यूवा लक्षित निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिकका लागि हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो । यही मागलाई दृष्टिगत गर्दै हामीले निकट भविष्यमै एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेन यूथ सार्वजनिक गर्दै छौँ ।

नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन निकै आकर्षक मुल्यमा उपलब्ध गराउने हाम्रो योजना रहेको छ । विगतमा हाम्रा पछिल्ला फोनलाई झैँ एफसेवेन यूथलाई पनि उत्तिकै मायाँ तथा सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ । ’, सार्वजनिक योजनाका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपो एफसेवेन यूथमा उपलब्ध हुने केही प्रमुख फिचर्सः

  •     नयाँ एआई २.० ब्यूटी प्रविधि

  •    नयाँ डायमण्ड ब्ल्याक डिजाइन

  •    सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ

  •    शक्तिशाली कार्य सम्पादन क्षमता

  •    नयाँ कलरओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली

कम्पनीले हाल सम्म सार्वजनिक मिति, उपलब्धता र मूल्यका बारेमा आधिकारिक जानकारी प्रेशित गरेको छैन । तथापी, विश्वसनिय श्रोतका आधारमा जुन–२०१८ भित्रै फोन सार्वजनिक गरिने अनुमान गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको