Like us!
Follow us!
Connect us!
Watch us!

आइसिटी अवार्ड २०१८ आयोजना हुँदै, असार १ देखि अनलाइन रजिस्ट्रेसन सुरु

विहीबार, ३१ जेठ २०७५, १७ : ३८ मा प्रकाशित

आइसिटी अवार्ड २०१८ आयोजना हुँदै, असार १ देखि अनलाइन रजिस्ट्रेसन सुरु

अर्थ संसार, काठमाडौं– लिभिङ विथ आइसिटीको आयोजनामा ‘आइसिटी अवार्ड २०१८’ हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आइसिटी अवार्ड हुन लागेको जानकारी दिएको हो । अवार्डमा आइसिटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ ।

यसअन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको जानकारी आयोजकले दिएको छ ।

स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ । त्यस्तै आइसिटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ ।

यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ ।

आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ । आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड पुरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट www.ictaward.org न तथा ICT Award नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्ने छ ।

आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने प्रयासमा रहेको बताए । ‘यस वर्षको संस्करणमा ३ विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने । त्यस्तै प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

कसरी गर्ने अनलाइन आवेदन ?

अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org   लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको ] APPLY NOW मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ICT Award म सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ । अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध छ ।

 

5b225a4463ac8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको